शंकर ग्रुप र स्टार लिंगर एण्ड कम्पनीद्धारा दक्षिण एशियाकै ठुलो सम्मेलन सम्पन्न

  २०७४ फागुन १५ गते १४:३७     विकासन्युज

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेन्थेटिक्स प्रा.लि.ले आफ्नो प्राबिधिक स्टार लिंगर एण्ड कम्पनीसंग मिलेर एड स्टार लेमिनेटेड ब्याग्स एंड सिमेन्ट प्याकेजिङ्ग सम्बन्धि दक्षिण एशियाकै सबैभन्दा ठुलो सम्मेलन आयोजना गरी सम्पन्न गरेकाे छ ।

उक्त प्रविधि सेकेण्ड जेनेरेसन ब्याग्सको रुपमा प्रतिष्ठित रहेका छ जसलाई सन् २०१२ देखि जगदम्बा सेन्थेटिक्सले नेपाली बजारमा ल्याएको हो साथै उक्त प्रविधिको पहिलो ग्राहक जगदम्बा सिमेन्ट रहेको थियो।

सिमेन्ट कम्पनीहरुले प्रयोग गर्र्दै आएका साधारण प्याकेजिङ्गमा विभिन्न समस्याहरु रहेका थिए । सिमेन्ट चुहिने, बढि धुलोहरु उड्ने, कामदारहरुलाई स्वास्थ्यमा प्रतिकुल असर पर्ने, चांग लगाउन गाह्रो हुने, लोड अनलोड गर्न गाह्रो हुनुका साथै ३ देखि ४ किलो कम हुने गर्दथ्यो ।

एड स्टार ब्याग प्रयोग पछि यी सबै समस्याहरु स्वत समाधान हुनुको साथै ५० के जी तौल भएका सिमेन्टमा शत प्रतिशत तौल ग्यारेन्टी रहने गर्दछ । उक्त ब्याग प्रयोगबाट धुलो नउड्ने, चिसो तथा पानी नछिर्ने, वातावरण मैत्री र पुन प्रयोग गर्न सकिने जस्ता फाइदाहरु लिन सकिन्छ । उत्कृष्ट प्रविधि बाट उत्पादित एड स्टार ब्यागको टिकाउपन ३ देखि ४ महिना रहने गरेको छ जबकि सामान्य ब्याग मुश्किलले ३ महिना मात्र टिक्ने गरेको छ ।

नेपाली सिमेन्ट उद्योगका ठुला कम्पनीहरु जगदम्बा सिमेन्ट, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र भारतका विरला, नुभोको र ए.सी.सी. सिमेन्टले पनि एड स्टार ब्याग प्रयोग गर्दै आएको र आफुहरु पुर्ण रुपमा सन्तुष्ट रहेको अभिव्यक्ति दिएका छन् । अस्ट्रिया, इटाली, भारत, बंगलादेश र चिनबाट आएका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको उक्त सम्मेलनमा प्रमुख अतिथि इण्डियन आयलका निर्देशक ए के झा ले दिप प्रज्वलन गरि औपचारिक रुपमा कार्यक्रमको उत्घाटन गरेका थिए । शंकर गु्रपका उपाधक्ष्य सुलभ अग्रवाल, स्टारलिंगर एण्ड को. का लिण्डर ह्मर, नेपाल गुणस्तरका महानिर्देशक विश्व बाबु पुडासैनी र जगदम्बा सिमेन्टका प्रमुख राजेश अग्रवालको सहभागिता रहेको थियो ।

हायात रिजेन्सी होटलको बल रुममा आयोजित उक्त सम्मेलनमा बोल्दै इण्डियण आयलका निर्देशक ए के झा, स्टारलिंगर एण्ड कम्पनीका आरनल्ड सिलिप र नेपाल गुणस्तरका महानिर्देशक विश्व बाबु पुडासैनी लगाएतले पुराना प्रविधिका ब्याग भन्दा एड स्टार ब्याग को प्रयोगले धुलो नियन्त्रण गर्ने, पुन प्रयोग गर्न सकिने र पुर्ण तौल रहने जस्ता महत्वपुर्ण विशेषता रहेको हुँदा उक्त प्रविधिको ब्याग प्रयोग गरि सन्तुष्ट रहन सकिने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.