औद्योगिक वौद्धिक सम्पत्तिको छुट्टै केन्द्रिय विभाग बन्ने

  २०७४ फागुन १४ गते १४:१४     विकासन्युज

काठमाडौं । औद्योगिक वौद्धिक सम्पत्ति (इन्डष्ट्रियल इन्टेलेक्चुअल प्रोपर्टी) को छुट्टै विभाग बन्ने भएको छ । उद्योग मन्त्रालयका प्रवत्ता गोपिकृष्ण खनालका अनुसार पर्यटन मन्त्रालयको कपिराईट विभाग र प्रतिलिपि अधिकार विभाग मिलेर स्वतन्त्र औद्योगिक वौद्धिक सम्पत्ति विभाग बन्नेछ ।


उक्त विभाग नेपाल सरकारको छुट्टै केन्द्रिय विभाग हुनेछ । अहिलेसम्म नेपालमा वौद्धिक सम्पत्ति सम्बन्धी दरिलो ऐन छैन । प्रतिलिपि लगायतका पुराना ऐनहरुलाई नयाँ बनाउने तयारी भइरहेको छ । ‘त्यसका लागि नेपाल कानुन आयोगलाई समेत जिम्मा दिइसकेका छौं,’ उनले भने ‘सँगै मन्त्रालयमा प्राविधिक कामहरु अघि बढिरेहेको छ ।’

औद्योगिक सम्पत्ति सुरक्षाको सम्बन्धमा जुन देश सवल छ उक्त देशमा वढी वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको छ । पेटेन्ट, डिजाइन, ट्रेडमार्क, कपिराइट लगायत वौद्धिक सम्पत्तिलाई मजवुद बनाउन नसकिए वैदेशिक लगानीमा समस्या आउने उद्योगम मन्त्रालयका प्रवत्ता खनालको भनाइ छ । त्यसको लागि उद्योग मन्त्रालले नयाँ कानुन बनाउन अघि बढेको हो । हालसम्मको छलफल अनुसार लघु, घरेलु तथा साना उद्योगहरुको जिम्मेवारी स्थानिय तहलाई दिइनेछ ।

वैदेशिक लगानी तथा सुरक्षा सम्बन्धि अनुमति लिनु पर्ने मदिरा लगायतका करिब २ अर्ब रुपैयाँ लागनी भएका उद्योगहरुको दर्ताको लागि प्रदेशलाई जिम्मा दिने छलफल भइरहेको छ । ठूल–ठूला योजनाको काम केन्द्रले भने कार्यान्वयनको काम प्रदेश र स्थानिय तहले गर्ने जनाइकाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.