ईश्वर पोखरेल अर्थमन्त्री बन्ने ९० प्रतिशत पक्का

  २०७४ फागुन १४ गते १०:४५     विकासन्युज

काठमाडौं । अन्ततः एमाले महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्ने सम्भावना बढेको छ । पोखरेल र प्रदिप ज्ञवालीबिचको भद्र सहमतिमै ओलीले पोखरेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिन लागेको श्रोतले बतायो । ‘महासचिव अर्थमन्त्री बन्ने ९० प्रतिशत पक्का भएको छ, १० प्रतिशत दाया बायाले भयो भने प्रदिप ज्ञवाली अर्थमन्त्री बन्नु हुनेछ’, एमाले श्रोतले भन्यो ।

श्रोतका अनुसार उनले अर्थमन्त्रालय सञ्चालनका लागि उपयुक्त टिम बनाउनेबारेमा पनि केहि गृहकार्य गरिसकेका छन् । ‘महासचिवको तयारी हेर्दा उहाँले अर्थमन्त्रालयको जिम्मेवारी लिँदै हुनुहुन्छ, त्यसका लागि टिम बनाउने काम पनि गरिसक्नुभएको छ’, श्रोतले भन्यो । सुरेन्द्र पाण्डे, बिष्णु पौडेललाई पछि पार्दै पोखरेल अर्थमन्त्री बन्न लागेका हुन् ।

खर्चिलो भनिएको संघिय व्यवस्थापमा श्रोत साधनको उपयुक्त बाडफाँट र ओलीले अघि सारेका महत्वकांक्षी विकासे योजनाहरुको कार्यान्वयनका लागि श्रोत जुटाउने चुनौती पनि रहनेछ । तीन तहका सरकारहरुलाई वित्तिय अनुशासनको कडिमा राख्नु पनि नयाँ अर्थमन्त्रीका लागि चुनौती नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.