ज्ञानेन्द्रलाल प्रधान भन्छन–एनआरएनको लगानी खुला र अनलाइन कारोबार नभएसम्म सेयर बजार बढ्दैन

  २०७४ फागुन १० गते १५:३७     विकासन्युज

काठमाडौं । अझै घट्ने लगानीकर्ताको मनोविज्ञानले गर्दा सेयर बजारमा निरन्तर गिरावट आएको छ । पछिल्लो समयमा बजार निरन्तर घट्दै गएपछि सेयर लगानीकर्ताले निरन्तर गुमाउदै गएका छन् ।

नयाँ सरकार आएपछि बजार बढ्ने अनुमान गरिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको दिन ३६ अंक बढे बाहेक अन्य दिन बजार निरन्तर घट्दै गएको छ ।

बजारमा नयाँ राहतको प्याकेज नल्याएसम्म बजार बढ्ने संभावना नदेखिएको लगानीकर्ताको भनाई छ । बैंकको महंगो ब्याजदर, हकप्रद, साधारण सेयर (आईपीओ) र एफपीओको बाढीले आपूर्ति बढेपछि बजार माथि उठ्न नसकेको लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान बताउछन् ।

अहिले बैंकसंग सेयरमा लगानी गर्न लगानीयोग्य पुँजी नभएका बेला बढ्दो सेयर आपूर्तिलाई खरिद गर्नका लागि ठुलो लगानीकर्ताको प्रवेश नहुदा बजार बढ्न नसकेको उनको तर्क छ ।

गैरआवासिय नेपाली (एनआरएन) र वैदेशिक लगानी खुला गरे मात्र बजार माथि जाने उनको विश्लेषण छ । सरकारले गैरआवासिय र वैदेशिक लगानी खुला र अनलाईन सेयर कारोबार सुरु भएपछि बजार बढ्ने उनको तर्क छ ।
पछिल्लो समयमा ठुला लगानीकर्ता धमाधम बजारबाट बाहिरिन थालेको उनका भनाई छ । बजार बढाउन सेयरमा ठुलो लगानी आवश्यक भएको उनको तर्क छ ।
सरकारले राहतको कार्यक्रम नल्याएसम्म बजार नबढ्ने एक ब्रोकर बताउछन् । बैंकको महंगो ब्याजले पनि बजारलाई प्रभावित पारेको ती ब्रोकरको तर्क छ । अहिले बैंकबाट महंगोमा कर्जा लिएर लगानी गर्दा प्रतिफल आउनुको सट्टा घाटा हुने भएपछि विशेष गरेर बैंकको ऋणबाट सेयर किन्ने ठुला लगानीकर्ता बजारबाट बाहिर रहेको उनको भनाई छ ।

बिहीबार पनि बजार बढ्न सकेन । बजार निरन्तर घट्दै गएर नेप्से परिसुचक १ हजार ३ सय ८७ मा झरेको छ । बिहीबार साढे ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । विकास बैंक, वित्त र उत्पादनमुलक बाहेक अन्य क्षेत्रको सेयर मूल्य घटेको छ ।

सेयर बजार घटेका बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ । प्रतिकित्ता १ हजार १ सय रुपैयाँमा संस्थापक सेयर किनबेच भएको छ । नेपाल लाइफको ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै ओम डेभलपमेन्ट बैंकको बुक क्लोजको समय आएकाले लाभांश पाउने आशामा बढी कारोबार भएको छ । बिहीबार ओम डेभलपमेन्टको प्रतिकित्ता २३१ मा ३ करोड ६० लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.