सुरु भयो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी, दश देशको १ सय २० स्टल समावेश

  २०७४ फागुन ३ गते १५:३२     विकासन्युज

काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपमा आज(बिहीबार) देखि अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु भएको छ । कृषि क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले मिडिया स्पेश सोलुसन्सन प्रालि र फ्युचरएक्स ट्रेड फायर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजना उक्त दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरिएको हो ।

प्रदर्शनीमा नेपालसहित भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम, नेदरल्याण्डस लगायतको १० भन्दा बढी मुलुकको १ सय २० भन्दा बढी प्रदर्शनीकर्ताहरुकाे स्टल समावेश भएको आयोजकले जनाएको छ ।


आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सृजल भट्टराईले प्रदर्शनीमा पछिल्लो आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री एवं पशुपालन उद्योग सम्बन्धि विभिन्न प्रविधिहरुको प्रदर्शनी रहेको बताए । उनका अनुसार प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने सानादेखि ठूला कृषि तथा पशुपंक्षी पालन उद्योगमा प्रयोग हुने उपकरणहरु राखिएको छ । ‘नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा प्रर्दशनी कोशेढुंगा सावित हुने हाम्रो विश्वास छ,’ उनले भने ।

आयोजकका अनुसार प्रदर्शनी अबधिमा श्रीकृष्ण इन्नोभेसन हबसँगको साझेदारीमा कृषि, पशुपालन, माछापालन, कुखुरपालन लगायका बिषयमा बिभिन्न बिज्ञहरुद्वारा प्राविधिक गोष्ठी, एग्री सिम्पोजियम् सेमिनार आयोजना गरिनेछ ।


त्यस्तै प्रदर्शनीमा नेपाली कृषकहरुद्वारा उत्पादित कृषि उत्पादनलाई बजारिकरण एवं खरिद बिक्री गर्ने उद्देश्यले ‘एग्री मार्ट’ को समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ । ५० हजारभन्दा वढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको सो प्रदर्शनी फागुन ६ गतेसम्म सञ्चलन हुने आयोजकले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.