एनआईबीएल र एस क्यापिटल गाभिए, आईतबारदेखि संयुक्त कारोबार

  २०७४ माघ २७ गते १७:०४     विकासन्युज

काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड गाभिएर एकिकृत कारोबार सुरु गरेका छन्  । दुबै कम्पनी गाभिएर एनआईबीएल एस क्यापिटल लिमिटेडको रुपमा आइतबादेखि संयुक्त कारोबार गर्ने भएका हुन् ।

 

गत कात्तिक २३ गते दुई संस्थाबीच भएको सहमतीपत्र बमोजिम दुवै कम्पनील गत मंसिर २९ गते विशेष साधारण सभाको गरी गाभ्ने प्रस्ताव पारित गरेका थिए । यो मर्जर पश्चात एनआईबीएल एस कम्पनीको चुक्ता पूंजी २७ करोड रुपैयाँ पुग्ने छ । हालसम्मकै सवैभन्दा बढी चुक्ता पूंजी भएको धितोपत्र व्यवसायी एनआईबीएल भएको छ ।

एनआईबीएलका १ लाख ४२ हजार भन्दा बढी हितग्राहीखाता, ४ वटा शाखाकार्यालय, थप ३ वटा खुल्ने क्रममा र ३८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब १० लाख शेयरधनलाई सेवा दिने छ ।एस डेभलपमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गरेपछि सहायक संस्था एनआईबीएलले एसलाई पनि गाभेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.