गुराँस लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

  २०७४ माघ २६ गते १७:४९     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडका बीच बैंकासुरेन्स सम्झौता भएको छ । शुक्रबार सम्पन्न उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट डेपुटी सीईओ प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता मार्फत बैंकले गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सार्वधिक, आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले उक्त सम्झौता गरेको हो ।

साथै, यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । यस इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.