हप्तादिनमै रजिष्ट्रारको कार्यालयले बनायो दुई नियम, कम्पनीहरुले अनिवार्य लागू गर्नुपर्ने–होमेगाँई

  २०७४ माघ २६ गते १६:०२     विकासन्युज

काठमाडौं। हप्तादिनको अन्तरमा कम्पनी रजिष्ट्रारको कार्यालयले दुई ओटा नियम बनाएको छ । कार्यालयले आफ्नो कार्य तथा दिदै आएको सेवा सुबिधालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ती नियमहरु बनाएको हो ।

कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख गीता कुमारी होमेगाँईले कम्पनीको कामकाजलाई सहज र सुरक्षित बनाउन हप्दानिको अन्तरालमा कानुन अनुसार दुई ओटा नियम लागु गरेको बताइन् । उनका अनुसार कार्यालयमा पेश गर्ने कागजात नेपाली भाषमा अनुवाद गरी पेश गर्नु पर्ने र कम्पनी सचिव र अख्तियारवलाहरुले अनिवार्य परिचयपत्र ल्याउन पर्ने नियम राखिएको छ ।

उनका अनुसार यसअघि कम्पनीहरुले मनपरी ढङ्गले विभिन्न भाषामा कागजातहरु ल्याउने गरेका थिए । ‘विशेषगरी अङ्ग्रजी लगायतका आफुलाई पायक पर्ने चाइनिज भाषामा कागजातहरु ल्याउथे,’ उनले भनिन् ‘त्यसलाई नियन्त्रण गर्न कार्यालयमा पेश गर्ने आवश्यक काजजात अनिवार्य नेपालीमा हुन पर्ने नियम बनाएका हौं ।’ कम्पनीले माघ १४ गतेदेखि सो नियमलाई लागु गरिसकेको बताएको छ । कम्पनीहरुले कार्यालयमा कम्पनीको साधारण सभाको निर्णय पुस्तिका वा निर्णय उतार, सञ्चालन समितिको निर्णय, शेयर लागत, शेयर खरिद बिक्री सम्बन्धी कागजात लगायत नियमित कागजातरु अनिवार्य रुपमा नेपाली भाषामा पेश गर्नु पर्ने हुन्छ ।

त्यस्तै विभिन्न कम्पनीहरुबाट कार्यालयको लागि कामको सिलसिलामा आएका कम्पनी सचिव तथा आधिकारिक अख्तियारवालाहरुले अनिवार्य कम्पनीबाट जारी भएको आधिकारीक परिचयपत्र लगाउन पर्ने अर्को नियम रहेको रजिष्ट्रार कार्यालयका प्रमुख होमेगाँईले बताइन् । उनका अनुसार कम्पनीमा अनावश्यक मानिसहरु आउन सक्ने, कागजात तथा फाइलहरु हराउन सक्ने लगायत जोखिमलाई मध्यनजर गर्दै कम्पनी सचिव तथा अख्तियारवलाले आधिकारीक परिचयपत्र लागाउन पर्ने नियम राखिएको हो । जसबाट कार्यालयमा रहेको फाइलको सुरक्षा हुने, भिडभाड घट्ने लगायत कार्र्यमा सहयोग मिल्ने उनको बुझाइ छ । केही दिन अघिदेखि मात्रै उक्त नियम राजिस्ट्रारको कार्यालयमा लागु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.