आरएमडीसीको नाफा ११ करोड २१ लाख, ईपीएस ३० रुपैयाँ

  २०७४ माघ २५ गते ११:०८     विकासन्युज

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले नाफा बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा सेन्टरले ११ करोड २१ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा सेन्टरले ८ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो । सेन्टरले बिहीबार चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै लगानी मौज्दात, आम्दानी र तरलताको अवस्था राम्रो रहेको जानकारी दिएको छ ।

संस्थाको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ८७ पैसा छ । १ अर्ब २८ करोड रुपैयाँ संचित कोषमा रहेको छ । हाल सञ्चालनमा रहेका कर्जा १४ करोड बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको सेन्टरले जनाएका छ । ६ महिनामा सेन्टरले ३८ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.