तङग्रीदै वेष्ट फाइनान्स, ६ महिनामा ३ करोड ५९ लाख नाफा

  २०७४ माघ २५ गते १०:४८     विकासन्युज

 

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ ।समस्याग्रस्त अवस्थाबाट मुक्तभई एक वर्षअघि मात्र पुनः सञ्चालनमा आएको फाइनान्सले चालु आवको ६ महिनामा ३ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ ।

गत आवको सोही अवधिमा फाइनान्स ६८ लाख ६९ हजार रुपैयाँ नोक्सानमा थियो । फाइनान्सले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा कर्जा असुली तथा ब्याज आम्दानीबाट नाफा बढेको जानकारी दिएको छ ।

वेष्टको खराब कर्जा अझै ७२ प्रतिशत छ । निक्षेप लागत १०.६५ र आधार ब्याजदर १६.३५ प्रतिशत रहेको फाइनान्सले जनाएको छ । फाइनान्स अझै ८ करोड ४४ लाख रुपैयाँ संचित नोक्सानमा रहेको छ ।

समीक्षा अवधिमा फाइनान्सको निक्षेप परिचालन १७ करोड ३६ लाख रुपैयाँ छ । यस्तै कर्जा लगानी २० करोड ४९ लाख रुपैयाँ छ ।
फाइनान्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५४ पैसा छ । वेष्टले चुक्तापुँजी बढाउन सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यसका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.