कावासोती र चनौलीमा एनसीसी बैंकको नयाँ शाखा

  २०७४ माघ २४ गते १८:५५     विकासन्युज

काठमाडौं। एनसीसी बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका, वडा नं. २ र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८, चनौलीमा एक औपचारिक कार्यक्रमबीच आफ्नो शाखाहरु स्थापना गरेको छ ।

कावासोती शाखाको उद्घाटन एनसीसी बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका थिए । उनले सो अवसरमा बैंकले गुनासो रहित कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । साथै सेवाग्राहीहरुको सुझावको आधारमा बैंकका गतिविधि सञ्चालन गर्ने उनको भनाइ छ ।

त्यस्तै चितवको चनौली शाखाको उद्घाटन बैंकका सञ्चालक डा. कैलाश पतिन्द्र अमात्यले गरेको जनाइएको छ । उनले उद्घाटनको अबसरमा उक्त क्षेत्रका जनताको आर्थिक क्रियाकलापमा बैंकले सहयोग पुयाउने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले चनौली क्षेत्रको समग्र आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले सो ठाउँमा शाखा सञ्चालनमा ल्याएको बताएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.