नेपाल बैंकले पौने २ अर्बको एफपीओ निष्कासन गर्ने, प्रिमियम आम्दानी २ अर्ब नाघ्ने

  २०७४ माघ २४ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्न प्रिमियम मूल्यमा पौने २ अर्ब रुपैयाँ बराबरको थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ । बैंकले एक अर्ब ७६ करोड ८७ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

एफपीओ निष्कासन पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ हुने छ । एफपीओ पछि सेयर संरचनामा पनि परिर्वतन हुने छ । बैंकका अध्यक्ष जर्नादन आर्चायका अनुसार सरकारको सेयर ५१ प्रतिशत हुनेछ भने सर्बसाधारणको सेयर ४९ प्रतिशत हुनेछ ।

हाल बैंकको पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । त्यसमा नेपाल सरकारको ६२ प्रतिशत र सर्बसाधरणको ३८ प्रतिशत सेयर रहेको छ ।

एफपीओ निष्कासनबाट कम्तिमा २ अर्ब रुपैयाँ प्रिमियम आम्दानी हुने र बैंकको संचित नोक्सान पूर्ती भई बैंक पूर्ण स्वस्थ बन्ने अध्यक्ष आर्चायले बताए । सञ्चालक समितिकाे प्रस्ताव साधारणसभाबाट अनुमाेेदन भएपछि वित्तीय विश्लेषण पछि प्रिमियम निर्धारण गरिने उनले बताए  ।

उत्त निर्णय सार्वजनिक भए लगत्तै बैंककाे सेयर मूल्यमा गिरावट देखिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.