आर्थिक समृद्धि लघुवित्तले डेपुटी सीइओसहित ४० जना कर्मचारी माग्यो

  २०७४ माघ २४ गते १२:२४     विकासन्युज

काठमाडौं। केन्द्रिय कार्यालय तनहुँमा रहेको आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृतसहित ४० जना कर्मचारी मागेको छ । कम्पनीलाई सक्रिय ढङगले अघि बढाउन निश्चित मापदण्ड पुगेका जनशक्ती माग गरेको हो ।


कम्पनीले केन्द्रीय कार्यालको निमित्त नायक प्रमुख कार्यकारी अधिकृतसहित १० जना शाखा प्रबन्धक र ३० जना कनिष्ठ सहायक माग गरेको छ ।

कम्पनीले उल्लेखित नायक कार्यकारी अधिकृतको शैक्षिक योग्यतामा लघुवित्त तथा बैंकिंग क्षेत्रमा वरिष्ठ प्रबन्धक र प्रबन्धक पदमा ७ वर्ष काम गरेको हुनु पर्ने जनाएको छ । साथै अर्थशास्त्र, गणित, व्यवस्थापन विषयमा स्नातकोत्तर पास गरेको हुनु पर्ने जनाएको छ । त्यसको लिखित परिक्षा फागुन १९ गते हुने बताइएको छ ।

त्यस्तै शाखा प्रबन्धकले प्लस टु पास गरी २ वर्ष लघुवित्त वित्तीय क्षेत्रमा काम गरेको र कनिष्ठ सहायकको शैक्षिक योग्यता प्लस टु पास भएको हुनु पर्ने बताइएको छ । उक्त पदको लागि लिखित तथा अन्तरवार्ताद्धारा कर्मचरी छनौट गरिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार सोको लिखित परिक्षा समेत फागुन १९ गते हुने भनिएको छ ।
। कम्पनीले उक्त पदहरुमा फागुन १० गतेसम्म दरखास्त गरिसक्नु पर्ने जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.