रिलायन्स लाईफ इन्स्योरेन्स र नवकान्तिपुर बहुउद्देश्यीय सहकारीबीच बीमालेख बिक्री वितरण गर्ने सम्झौता

  २०७४ माघ २२ गते १८:३२     विकासन्युज

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच नवकान्तिपुरले संस्थागत अभिकर्ताको रुपमा आफ्ना सदस्यहरुलाई रिलायन्सद्धारा जारी गरिएका बीमालेख बिक्री वितरण गर्ने सम्झौता भएको छ । सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नवकान्तिपुरको तर्फबाट संस्थाका प्रबन्ध निर्देशक शिवप्रसाद सिटौलाले हस्ताक्षर गरेका हुन् ।

रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो । यस कम्पनीको कुल पुँजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सो मध्ये बाँकी रहेको ६३ करोड रुपैयाँको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.