गण्डकी विकास बैंकको थप दुई शाखा सञ्चालनमा, २६ वटा शाखा थप्ने तयारी

  २०७४ माघ २२ गते १७:५६     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीस्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकैदिन औपचारिक उद्घाटन गरेको छ । कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णबहादुर क्षेत्रीले गरे भने पश्चिम अमुवा शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङले गरेका हुन् ।

कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णबहादुर क्षेत्रीले कञ्चन क्षेत्रका जनताले पनि बैंकले प्रदान गर्ने वित्तीय सेवा सुविधाबाट लाभ लिने बताउँदै बैंकको सफलताको शुभकामना दिएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकका सेवालाई विविधकरण र विशिष्टीकरण गर्दै लैजाने भन्दै बैंकको वर्तमान अवस्था र भावी कार्यकक्रमको बारेमा जानकारी दिएका छन् ।

बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, इसीसी÷आईपीएस, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ ।

हाल बैंकले ५१ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा सम्पूर्ण बैकिङ्ग सेवा दिँदै आएको छ । साथै बैकले यसै आर्थिक वर्षमा देशका विभिन्न ठाउँमा २६ वटा शाखाहरु थप गरी ७७ वटा शाखा पुर्याउने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.