आइएमई जनरल इन्स्योरेन्सको ३ नयाँ शाखा सञ्चालनमा, थप १४ शाखा खोल्ने तयारी

  २०७४ माघ २२ गते १६:१७     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई शाखा कार्यालयहरु झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्को विराटचोकमा संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालक योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्य ढकाल र पाण्डेले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् ।

यस तीन शाखा सहित २६ वटा शाखा, ३ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४० स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, कम्पनीले निकट भविष्यमा नै थप १४ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै जाने बताएका छन् ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्तवादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक बिदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने जानकारी दिएका छन् । साथै, कम्पनीले दोश्रो त्रैमासिकसम्म ४३ कारोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.