टेलिकमको प्रिपेड मोबाइलमा सापटी पाइने, ब्याज नलाग्ने

  २०७४ माघ २२ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सापटी योजना सुरु गरेको छ । कम्पनीको १५ औं बार्षिकोत्सवका अवसर पारेर सापटी योजना कार्यान्वयनमा ल्याएको हो ।

टेलिकमले त्यस्तो सापटी वापत उपभोक्तासँग सेवा शुल्क असुल्ने छैन् । अर्थात नेपाल टेलिकमका उपभोक्ताले कम्पनीसँग सापटीमा ब्यालेन्स लिए वापत अतिरिक्त शुल्क तिर्नु पर्ने छैन् । सापटी योजनाका लागि कम्पनीले नमस्ते क्रेडिट सेवा आगामी एक महिना भित्र व्यवसायीक रुपले सञ्चालनमा ल्याउनेछ ।

सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सापटी योजनाको औपचारिक आरम्भ गरेका हुन् । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले निर्ब्याजी सापटी योजना कार्यान्वयन गर्न टेलिकमलाई निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.