राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी एक आपसमा गाभिए, स्वाप रेसियो १ः१

  २०७४ माघ २१ गते १४:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले आइतबार सम्पन्न एक विशेष साधारणसभा बीच उक्त संस्थालाई प्राप्त गरेको हो ।

बैंकको समितिबाट निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात १ः१ (एक बराबर एक अनुपात) लाई अन्तिम स्वीकृति दिने सभाले जनाएको छ ।

बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्रप्रसाद पाण्डेले मर्जर पश्चात बैंक अझ बलियो हुने बताएका छन् । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा जानकारी दिएका छन् ।

हाल बैंकले ६९ जिल्लामा १८० वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९२ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार गर्दै आइरहेको छ ।

चालु आ.व.२०७४/०७५ को दोश्रो त्रैमाससम्म बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरि १ अर्ब ७८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.