बैंक अफ काठमाण्डूको ७९ औं शाखा सुन्दरबजारमा

  २०७४ माघ १९ गते १३:३१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लि.ले आफ्नो ७९ औं शाखा कार्यालय सुन्दरबजारमा विस्तार गरको छ । बैंकले बुधबार एक समारोहका बीच उक्त विस्तारित शाखाको उद्घाटन गरेको हो ।

उक्त नयाँ शाखाको उद्घाटन बैंकका संचालक मदनलाल जोशी, सुन्दरबजारका मेयर जनकराज मिश्र तथा लमजुङ्ग चेम्बर अफ कमर्शका अध्यक्ष राजेश थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

आर्थिक वर्ष २०७४/२०७५ को दोस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ७० अर्ब ४३ करोड रुपैयाँ परिचालन गरी कुल कर्जा ६४ अर्ब ६६ करोड रुपैयाँ प्रवाह गरेको छ ।

हाल बैंकले ७९ शाखा, ६७ एटीएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बैंकिङ सेवाबाट आप्mनो ग्राहकलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.