स्टयाण्डर्ड चार्टड बैंक र शिखर इन्स्योरेन्सबीच बैंकएस्योरेन्स सम्झौता सम्पन्न

  २०७४ माघ १८ गते १८:०५     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लि. र स्टयाण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडबीच बैंकएस्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा स्ट्याण्डर्ड चार्टड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकका सेवाग्राहीहरुले सुलभ रुपमा शिखर इन्स्योरेन्सबाट अग्नि बीमा, मोटर बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमा, यात्रा चिकित्सा बीमा लगायत विभिन्न निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछ । शिखर इन्स्योरेन्सको विस्तारित शाखा संजालको माध्यमबाट स्टयाण्डर्ड चार्टड बैंकका ग्राहकले सुलभ रुपमा बीमा सुविधा तथा दाबी फछ्र्यौट सुविधा प्राप्त गर्न सक्ने इन्स्योरेन्सले जनाएकाे छ ।

सम्झौता पश्चात माघ १८(आजै) बाट नै शिखरले बैंकका ग्राहकलाई बीमा सेवा प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.