कुवेर मर्चेन्टको नाफा २ करोड ८२ लाख, इपीएस ३७.७१ रुपैयाँ

  २०७४ माघ १८ गते ११:३९     विकासन्युज

काठमाडौं । समस्याग्रस्त अवस्थाबाट हालै मुक्त भएको कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ । फाइनान्सले गत पुससम्म २ करोड ८२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

चाल आवको दोस्रो त्रैमासिक अवधिमा १ करोड ४१ लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको फाइनान्सले ४ करोड खराब कर्जा असुलीबाट नाफा गरेको हो ।
फाइनान्सको चुक्तापुँजी २८ करोड २ लाख रुपैयाँ छ । फाइनान्स २२ करोड ४६ लाख रुपैयाँ संचित नोक्सानमा रहेको छ । नेपाल राष्ट्र बैंकले कुबेर मर्चेन्टलाई मंसिर २४ गतेदेखि समस्याग्रस्त अवस्थाबाट मुक्त गरेको हो ।

हाल फाइनान्सले निक्षेप फिर्ता भुक्तानी तथा पुरानो कर्जा असुलीलाई जोड दिएको छ । व्यवसाय वृद्धिको काम नभएको र आगामी त्रैमाशबाट सुरु गर्ने फाइनान्सले जनाएको छ ।

हाल निक्षेप संकलन तथा कर्जा प्रबाहको काम बन्द रहेको फाइनान्सले जनाएको छ । फाइनान्सको निष्कृय कर्जा शतप्रतिशत छ । प्रतिसेयर नेटवर्थ घटेर ३७ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.