राष्ट्र बैंकले १० अर्ब पठाउदा ३ वटा बैंकले १ अर्ब ६० करोड मात्र लिए, अन्तर बैंक ब्याजदर घट्यो

  २०७४ माघ १७ गते १९:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १० अर्ब रुपैयाँ बजारमा पठाउदा ३ वटा बैंकले १ अर्ब ६० करोड रुपैयाँ मात्र लिएका छन् ।

केन्द्रीय बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउदा अधिकाँश बैंकले पैसा लिएनन् । बुधबारसम्म बैंकिङ प्रणालीमा १९ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । बैंकिङ प्रणालीमा तरलता धेरै कम भएपछि राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ पठाएको हो ।

यता अन्तर बैंक ब्याजदर घटेर ४.८ प्रतिशतमा झरेको छ । अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाएर नियन्त्रण गर्दै आएको छ । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ८ पटक रिपो गरी बजारमा ५४ अर्ब रुपैयाँ बजारमा पठाएको छ ।

यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् ।
चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मात्र सहज अवस्थामा छ । राष्ट्रिय वाणिज्यको कर्जा, निक्षेप र प्राथमिक पुँजी (सीसीडी) अनुपात ६९.१२ प्रतिशत छ । सीसीडीअनुसार राष्ट्रिय वाणिज्यसंग अधिक लगानीयोग्य पुँजी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.