कृषि तथा पशुपंक्षी कर्जा महंगियो, बैंकले आधार दरका आधारमा ब्याज लिन पाउने

  २०७४ माघ १७ गते १७:४४     विकासन्युज

काठमाडौं । व्यसायिक कृषि तथा पशुपंक्षी कर्जा अब महंगो हुने भएको छ । अधिकाँश बैंकको आधार ब्याजदर महंगो भएपछि यसको असर कृषि तथा पशुपंक्षी कर्जाको ब्याजदर महंगिएको हो ।

सरकारले यस्तो कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिदै आएको छ । यस्तो कर्जामा बैंकले आधार दरका आधार ब्याज तोक्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरी आधार दरका आधारमा कृषि तथा पशुपंक्षी कर्जा प्रवाह गर्न पाउने व्यवस्था भएपछि महंगो हुने भएको हो । अधिकाँश बैंकको आधार दर १० प्रतिशत भन्दा बढी छ । ब्याजदरको सीमा खुला गरेपछि आधार दरका आधारमा बैंकले यस क्षेत्रमा कर्जा प्रवाह गर्न सक्ने छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.