ज्योति विकास बैंकको नयाँ शाखा पेप्सीकोलामा, थप १० वटा खोल्ने तयारी

  २०७४ माघ १७ गते १५:१२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय पेप्सीकोलामा उद्घाटन गरेको छ । बुधबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल तथा बैंकका अध्यक्ष हरीचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

साथै, बैंकले निकट भविष्यमानै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य राखेको छ । हाल बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.