प्राइम बैंकको लोभलाग्दो प्रगति, नाफा २८ प्रतिशत बढेर ७१ करोड ५१ लाख

  २०७४ माघ १६ गते ९:०४     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको खुद नाफा २८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले नाफा बढाएर ७१ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।

गत आवको सोही अवधिमा बैंकले ५५ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले मंगलबार चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, कर्जा लगानी र निक्षेप परिचालन विस्तार भएको जानकारी दिएको छ ।

बैंकको निष्क्रिय कर्जा १.४३, निक्षेप लागत ८.१६, सीडी रेसियो ७७.५० र आधार ब्याजदर १०.७६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८० पैसा छ । ६ महिनामा बैंकले कर्जाको ब्याजबाट ३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै ब्याज खर्च २ अर्ब ८० करोड ४७ लाख रुपैयाँ भएको बैंकले जानकारी दिएको छ ।

बजारमा लगानीयोग्य पुँजीको संकट गहिरिदा पनि निक्षेप परिचालन र कर्जा लगानी विस्तार गर्न बैंक सफल भएको छ । समीक्षा अवधिमा बैंकले निक्षेप २९.१९ प्रतिशत बढाएर ७१ अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ ।

गत आवको सोही अवधिमा बैंकले ५५अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको थियो । यस्तै कर्जा लगानी पनि ३५.९४ प्रतिशत विस्तार भई ६२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा कर्जा लगानी ४६ अर्ब ५ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर २ अर्ब ११ करोड ६९ लाख रुपैयाँ पुगेको छ । चुक्तापुँजी बढेर ८ अर्ब ३ करोड रुपैयाँ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.