मोरङको बिराट चौकमा बन्दैछ थ्री स्टार होटल

  २०७४ माघ १५ गते १५:२५     विकासन्युज

काठमाडौं । मोरङको सुन्दर हरैचा नगरपालिकास्थित बिराट चौकमा थ्री स्टार होटल बन्ने भएको छ । पुर्वाञ्चल ल्युब आयल(पीएलओ) ग्रुपले थ्री स्टार होटल नेपाली रिका बनाउन लागेको हो ।

‘आगामी २ बर्षभित्र सञ्चालन हुने गरि होटलको निर्माण आरम्भ गरिसकेका छौं, पुर्वपश्चिम राजमार्ग आसपासमा राम्रो होटल नभएकाले बिराट चौकलाई छानेका हौं’, पीएलओ ग्रुपका निर्देशक कृष्ण प्रसाद दुलालले भने ।

पुर्वाञ्चल क्षेत्रमा पर्यटकका लागि सुबिधा सम्पन्न होटलका रुपमा नेपाली रिकालाई स्थापित गराउने उदेश्यसहित निर्माण आरम्भ गरिएको पनि उनले बताए ।
होटल निर्माणका लागि जमिन बाहेक १० करोड लागत अनुमान गरिएको छ ।

पुर्वाञ्चल क्षेत्रमा सुबिधा सम्पन्न होटल नभएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई ध्यानमा राखेर होटल निर्माण गरिएको दुलालले जानकारी दिए । बिराट चौकका होटलमा एक रात बास बसेर इलाम, धनकुटा लगायत पुर्वाञ्चलका पर्यटकिय गन्तव्यमा जान सकिने पनि उनले बताए । करिब २० कठ्ठा जमिनमा निर्माण हुने होटलमा ५० वटा कोठा रहनेछन् । होटलमा स्विमिङ पुल, सभा हल लगायतका संरचना समेत निर्माण हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.