राष्ट्रिय बाणिज्य बैंकको लोभ लाग्दो प्रगति, नाफा ४७ प्रतिशतले बढ्यो

  २०७४ माघ १५ गते ११:२३     विकासन्युज

काठमाडौं । पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको नाफा ४७.१० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७४ पुस मसान्त अवधीमा आफ्नो नाफा ५७ करोडले वृद्धि गरेर एक अर्ब ७८ करोड पुर्याएको हो । २०७३ पुस मसान्तमा बैंकले एक अर्ब २१ करोड नाफा कमाएको थियो ।

बैंकले एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब कर्जा लगानी प्रवाह गर्दा सीडी रेसियो ६९.१२ प्रतिशत मात्रै पुगेको छ । ठुला निजी बैंकहरु सिडी रेसियो नाघेर कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगिसक्दा पनि बाणिज्य बैंक भने अझै १० प्रतिशत थप कर्जा लगानी गर्न सक्ने अवस्थामा रहेको छ ।

अन्य सरकारी संस्थान तथा उद्योगहरु निरन्तर ओरालो लागिरहँदा पनि राष्ट्रिय बाणिज्य बैंकले भने निरन्तर प्रगति गरिरहेको देखिन्छ ।
बैंकले ५ अर्ब ३२ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३१ करोड मात्रै ब्याज खर्च गरेको देखिन्छ ।

बैंकले कर्मचारी खर्च पनि एक अर्ब ४१ करोडबाट घटाएर एक अर्ब २० करोडमा सिमित गरेको छ । खराब कर्जा ३.११ प्रतिशत रहेको बैंकले ८८ करोड प्रोभिजन गरेको छ भने ४० करोड राइट ब्याकबाट आम्दानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.