नेपाल बैंकको नाफा २६ करोडले घट्यो

  २०७४ माघ १५ गते १०:४५     विकासन्युज

काठमाडौं । नेपाल बैंकको नाफा २६ करोडले घटेको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ६३ करोड मात्रै नाफा कमाउन सफल भएको छ । जबकी २०७३ पुस मसान्तमा बैंकको नाफा १ अर्ब ८९ करोड रहेको थियो ।

नेपाल बैंकले ९१ अर्ब निक्षेप संकलन गरेर ७८ अर्ब कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब २४ करोड छ भने ब्याज खर्च एक अर्ब ३० करोड मात्रै रहेको छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा ५ अर्ब ४ करोड रुपैंयाँ रहेको छ ।

३.२३ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंकले २३ करोड प्रोभिजन गरेको छ । बैंकको खराब कर्जा गत आवको पुस मसान्तमा जम्मा २.८५ प्रतिशत मात्रै थियो । बैंकले २३ करोड रुपैंयाँ नै राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । बैंकको सीडी रेसियो ७५.३० प्रतिशत मात्रै रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी ४०.७४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १७२.७६ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.