छ महिनामा प्रभु बैंकको नाफा ६३ करोड

  २०७४ माघ १५ गते ९:०९     विकासन्युज

काठमाडौं । प्रभु बैंकको नाफा ६३ करोड ४९ लाख रूपैयाँ भएकाे छ । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा एक अर्ब ११ करोड नाफा कमाएको थियाे ।

गत आवको पुस मसान्तमा एक अर्ब १३ करोड राइट ब्याक पाएकाले बैंकको नाफा धेरै देखिएको थियो ।

प्रभु बैंकको खराब कर्जा ४.८८ बाट घटेर ४.१२ प्रतिशत भएको छ ।

६ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकको जगेडा कोषमा ३ अर्ब ११ करोड छ । बैंकले ८५ अर्ब निक्षेप संकलन गरेर ७१ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७५.२४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.