६६ औं भन्सार दिवसः तिर्ने र तिराउनेबिच जुहारी

  २०७४ माघ १२ गते १६:००     विकासन्युज

काठमाडौैं । ६६ औं भन्सार दिवसमा निजी क्षेत्र र सरकारबीच रोचक जुहारी चलेको छ । ‘आर्थिक विकासका लागि सुरक्षित व्यवसायीक वातावरण’ मुल नारा दिएर आयोजना गरिएको बिशेष समारोहमा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधी एक अर्का विरुद्ध खनिएका हुन् ।

कार्यक्रममा नेपाल उद्योग महासंघको उपाध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई सहज वातावरण नदिएको आरोप लगाए । उनले भन्सार मुल्यांकन, वस्तु वर्गीकरण र जाँचपास प्रक्रिया सहज नभएको बताए । उनले भन्सार चेकचाँजका नाममा कर्मचारीले व्यवसायीलाई दुःख दिएको र ढुवानी समय बढेर नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको आरोप पनि लगाए । उनले कच्चा पदार्थको भन्सार बढाएर तयारी समानको भन्सार घटाउने सरकारी नीतिकै कारण नेपाली उद्योग धन्दा धरासायी भएको आरोप पनि लागए ।

कार्यक्रममा राजस्व सचिव शिशिर ढुङगानाले व्यपारीहरुले विदेशबाट आयात गर्ने बस्तुको क्रय मुल्य निकै कम देखाउने र उच्च रकममा विक्री गरेको अनुगमनको क्रममा भेटीएका आरोप लगाए । उनले व्यवसायीहरु जिम्मेवार बन्न छाडेर सरकारमाथी खनिएर मात्रौ समस्याको समाधान नहुने समेत स्पष्ट पारे । उनले भारत र चीन लगायतका देशबाट आउने सामानमा भन्सारमै तोकेर एमआरपी राखिनु पर्ने प्रस्ताव समेत गरे । निजी क्षेत्रले ७५ प्रतिशत देशको अर्थतन्त्र निजी क्षेत्रको हातमा रहेकोले देशको अर्थतन्त्र सुधार गर्ने कि धरासायी बनाउने भन्ने जिम्मा निजी क्षेत्रको हातमा रहेको बताए । एकै किसिमको मुल्यांकन हुनै नसक्ने बताउँदै नेपाल डब्लु टी ओ को सदस्य भएकोले सोही नियम अनुसार अघि बढ्ने उनले थपे ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले आफु ५/७ महिनाको लागी मात्र अर्थमन्त्री बनेको र राजस्व विभागबाट एक रुपैंया पनि लाभ नलिने गरी काम गरेको दाबी गरे । मुलुकको तीन ओटै निर्वाचन सकिएकोले अब देशले आर्थिक रुपमा कोल्टे फेर्ने विस्वास उनले व्यक्त गरे । कार्यक्रममा विशेष अतिथी अर्थ राज्यमन्त्री उदय शमशेर राणाले आफुहरु अबको केहि दिनमै पुर्व मन्त्री हुने भएपनि व्यवसायी र देशको अर्थतन्त्रको हितमा निरन्तर लागी परिहने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रत्येक नेपालीले देशमै उद्यम गर्न सक्नु पर्नेमा जोड दिए । कार्यक्रमका अन्य वक्ताहरुले रावस्वको काम कारबाही अत्यन्तै ढिलो र झन्झटिलो प्रक्रिया भएको बताए । व्यवसायीहरुले आयत गरेको वस्तुहरुमा २४ पटकसम्म चेकजाँच हुँदा हैरानी खेप्नु परेको बताए । भन्सार विभागले वर्षभरी उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत समेत गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.