युनाइटेड सिमेन्ट्सद्धारा धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण

  २०७४ माघ ११ गते १४:३०     विकासन्युज

काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । यस सिमेन्ट्सले धुनिबेशी नगरपालिकाका स्थानीयबासीलाई सहयोग पुर्याउने उद्देश्यले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग प्रदान गरेको हो ।

साथै, सोही कार्यक्रममा युनाइटेड सिमेन्ट्सले एम्बुलेन्स सञ्चालनको निमित्त एक लाख एक हजार रुपैयाँपनि हस्तान्तरण गरेको छ । युनाइटेड सिमेन्ट्सको यो सहयोगले सो स्थानका बिरामीले समयमै उपचार प्राप्त गरी अकालमा ज्यान गुमाउनु नपर्ने हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले जानकारी गराए ।

कार्यक्रममा धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहल अति उत्तम भएको र साथमा नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै, यस युनाइटेड सिमेन्टले विगतमा पनि समाज प्रतिको उत्तरदायित्वलाई पुरा गर्ने हेतुले विभिन्न कार्य गर्दै आएको छ र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.