राष्ट्र बैंकले नोट छाप्न छान्यो आधा दर्जन विदेशी कम्पनी

  २०७४ माघ १० गते १५:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको छ । नयाँ नोटको डिजाइन, छाप्ने र आपूर्ति समेतको कामका लागि बैंकले विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेण्डर) गर्न लागेको छ ।

राष्ट्र बैंकले ग्लोबल टेण्डरमा भाग लिनका लागि आधा दर्जन विदेशी छपाइ कम्पनीलाई छनौट गरेको छ । छनौटमा परेका कम्पनीले ग्लोबल टेण्डरमा भाग लिन पाउने छन् ।

छनौटमा पर्नेमा गिसेक डेरिभेन्ट करेन्सी टेक्नोलोजी जीएमबीएच जर्मनी, चाइना बैंक नोट प्रिटिङ एन्ड माइनिङ कर्पोरेशन, डेला रुइ इन्टरनेसनल लिमिटेड वेलायत, बुण्डुड्रोकी जीएमबीएच जर्मनी, ओवरर्थर फिन्डुसाइरे फ्रान्स र पेरुम पर्सेटेकन युङ रिपब्लिक इन्डोनेशिया रहेका छन् ।

राष्ट्र बैंकले एक चरण सबै दरको नोट छाप्ने प्रक्रिया अघि बढाएको हो । पुराना नोटलाई क्रमश विस्थापन गर्दे लैजान केन्द्रीय बैंकले नयाँ नोट छाप्नका लागि ठेक्कापट्टाको काम सुरु गर्न लागेको हो । छनौट भएका कम्पनीले मात्र नोटको डिजाइन, छाप्ने र आपूर्तिको कामका लागि हुने ग्लोबल टेण्डरमा भाग लिन पाउने छन् । यी मध्य सस्तो दरभाउ प्रस्ताव गर्नेले नोट छाप्ने जिम्मा पाउने छ । गत सेप्टेम्बर १२ मा राष्ट्र बैंकले कम्पनीको छनौटका लागि आशयपत्र मागेको थियो ।

यसअघि पिक्युका लागि प्रस्ताव आब्हान गर्दा सन्तोषजनक प्रस्ताव नपरेपछि रद्ध गरे पुनः आब्हान गरेको हो । केन्द्रीय बैंकले ५, १०, २०, ५०, १००, ५०० र १००० दरका ७ श्रेणीमा नयाँ नोट छाप्नका लागि पिक्यु गरेको जनाएको छ । यति नोट छाप्ने भनेर निश्चित नभएको राष्ट्र बैंकका एक अधिकारीले बताए । “अहिले नै यति नोट छाप्ने निर्णय भएको छैन” उनले भने “कम्पनी छनौटपछि आवश्यकता अनुसार यसको प्रक्रिया सुरु हुने छ ।”उनका अनुसार यसको समय अवधि २ वर्षको हुने छ ।

मुलुकमा सेक्युरेटी प्रेस नहुदा राष्ट्र बैंकले विदेशबाट नोट छापेर ल्याउने गरेको छ । नोट छपाइमा मात्रै अर्बो रुपैयाँ विदेशिने गरेको छ । लगानी बोर्डले नेपालमै नोट छपाइ गर्नका लागि ठुलो लगानीमा सेक्युुरिटी प्रेस राख्ने तयारी गरेपनि प्रक्रिया अवरुद्ध भएको छ । यसको प्रक्रिया अघि नबढेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी बताउछन् । केन्द्रीय बैंकले अधिकाँश नोट सिङापुर र इण्डिोनेशियामा छाप्ने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.