मेगा बैकको नाफा ३९ करोड ३६ लाख, निष्क्रिय कर्जा घट्यो

  २०७४ माघ १० गते ९:०२     विकासन्युज

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । गत पुससम्म बैंकले ३९ करोड ३६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ३७ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आवमा मेगाले २ करोड रुपैयाँ मात्र नाफा बढाएको छ ।

बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा घटेर ०.९६ प्रतिशतमा झरेको छ । गत असोजमा यस्तो कर्जा १.६७ प्रतिशत थियो ।

बैंकको निक्षेप लागत ७.५८, सीडी रेसियो ७९.३७, आधार ब्याजदर १०.९६ र स्प्रेड दर ३ प्रतिशत मात्र छ । प्रतिसेयर आम्दानी १०.६४ प्रतिशत रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप बढेर ४५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप ३७ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि बढेर ४० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिम कर्जा लगानी ३४ अर्ब ११ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर १ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.