ग्लोबल आइएमई बैंकको गुल्मीमा थप २ शाखारहित बैंकिङ्ग सेवा

  २०७४ माघ ९ गते १८:०२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि गुल्मीमा दुई वटा शाखा रहित बै्रकिङ सेवा सुरु गरेको छ ।

जिल्लको मुसीकोट नगरपालिकाको आँपचौर र भुवाचिदीमा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

शाखारहित बैकिङ्ग सेवाहरुको समुद्घाटन मुसीकोट नगरपालिकाको मेयर सोमनाथ सापकोटाले उद्घाटन गरेका थिए ।

आँपचौरमा खोलिएको सेवाको लागि स्थानिय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि स्थानिय सागर सापकोटा व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
ग्लोबल आइएमईले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग पहुँच पु¥याउन ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर सेवा सञ्चालन गरिरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग, मोबाइल बैंकिंङ्ग, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.