लुम्बिनी विकास बैंकको नाफा १४ करोड ३७ लाख

  २०७४ माघ ९ गते ९:४३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी विकास बैंकको नाफा सामान्य वृद्धि भएको छ । गत पुससम्म बैंकले १४ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ११ करोड २३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार वित्तीय अवस्था सन्तोषजनक रहेको देखाएको छ ।

गत पुसम्म बैंकको खराब कर्जा साढे २ प्रतिशत रहेको छ । निक्षेप लागत ८.७९, सीडी रेसियो ७७, आधार ब्याजदर १२.३६ र स्प्रेड दर ३.८५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर १९ अर्ब १८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा निक्षेप १५ अर्ब ३९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार भएको बैंकले जनाएको छ ।

गत पुससम्म बैंकले १७ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी १३ अर्ब २१ करोड रुपैयाँ थियो । हालसम्म बैंकको संचित कोषमा १ अर्ब १ करोड रुपैयाँ वचत छ । चुक्तापुँजी २ अर्ब रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.