६ महिनामा लक्ष्मी बैंकको नाफा ५१ करोड ९२ लाख

  २०७४ माघ ९ गते ८:५६     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । बैंकले गत पुससम्म ५१ करोड ९२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ४० करोड ६३ लाख रुपैयाँ गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष नाफा ११ करोड रुपैयाँ बढेको बैंकले जनाएको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा १.२९, कर्जा र निक्षेपबीचका ब्याजदर अन्तर (स्प्रेप) दर २.९५, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७७.९३, आधार ब्याजदर १०.८८ र निक्षेप लागत ७.४२ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३२ पैसा छ ।

समीक्षा अवधिमा बैंकले ६० करोड २७ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ५५ करोड ६१ लाख रुपैयाँ थियो । गत आवको तुलनामा बैंकको निक्षेप ५ अर्ब रुपैयाँ बढेको छ ।

यस्तै कर्जा लगानी पनि बढेर ५५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ४७ अर्ब ४७ करोड रुपैयाँ थियो । कर्जा लगानी झण्डै ८ अर्ब रुपैयाँ बढेको बैंकले जानकारी दिएको छ । बैंकको संचित कोषमा १ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ छ । चुक्तापुँजी बढेर ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.