खाता भएको बाहेक अन्य बैंकबाट रकम जम्मा गर्दा शुल्क लाग्ने

  २०७४ माघ ८ गते १९:०४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यन्वयनमा ल्याएको जुनसुकै बैंकको शाखामा पनि रकम जम्मा गर्न पाउने व्यवस्था अन्र्तगत बैंकले शुल्क लिने भएका छन् ।

राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी जुनसुकै बैंकको शाखाबाट नगद र चेक दुबै जम्मा गर्ने व्यवस्था कार्यन्वयनमा ल्याएको छ ।

यस्तो कारोबारमा शुल्क लाग्ने माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजकुमार श्रेष्ठले बताए । शुल्क लिने विषयमा बैंकहरुबीच अहिले छलफल भइरहेको उनले सुनाए । लिने शुल्कका विषयमा केही दिन भित्र टुङो लाग्ने उनको भनाई छ ।

इन्टर बैंक पेमेन्ट सिष्टमअन्र्तगत सम्बन्धित बैंकमा रहेको खातामा रकम जम्मा हुने छ । चेक नेपाल क्लियरिङ हाउस लिमिटेडमार्फत सम्बन्धित बैंकको खातामा र नगद सिधै इन्टर बैंकमार्फत जम्मा हुने छ ।  आफुलाई पायक पर्ने ठाउँमा भएको बैंक तथा वित्तीय संस्थाका शाखाबाट रकम जम्मा गर्दा समयको वचत हुने छ भने सम्बन्धित बैंकमा पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.