ग्लोबल आइएमई बैंक अब बेलायतमा पनि, नेपालको आर्थिक विकासमा नयाँ तरङग ल्याउने

  २०७४ माघ ८ गते १६:४४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार(माघ ७ गते) देखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्पर्क/प्रतिनिधी कार्यालय सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो ।

संयुक्त अधिराज्य बेलायतको एल्डरसर्ट स्थित सम्पर्क कार्यालयको एक समारोहका बिच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै गर्भनर नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गरेका छन् ।

सोही कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदिले देश भित्र मात्र नभएर देशबाहिर समेत सेवा सुविधा प्रदान गरिरहेकाे यस बैंककाे प्रगतिको कामना गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त स्थानमा सम्पर्क कार्यालय खोलिएको नयाँ उपलब्धिले नेपालको आर्थिक विकासमा नयाँ तरङग ल्याउने विश्वास व्यक्त गरेका छन् । साथै, ढकालले देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरुमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको र विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने समेत जानकारी गरेका छन् । साथै, ढकालले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायत स्थित व्यवसाथीहरुलाई आग्रह गरेका छन् ।

बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क/प्रतिनिधी कार्यालय खोलेपछि बैंककोे सम्पर्क/प्रतिनिधी कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु बीच व्यापारिक एवं लगानी सम्वन्धी प्रबद्धनात्मक कार्यमा समेत सघाउने छ । यसको अतिरिक्त, काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुन बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस बैंकले यसअघि अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्र्पकरप्रतिनिधी कार्यालय खोलिसकेको छ । यि तीन देशका अतिरिक्त अन्य मुलुकहरुमा पनि सम्पर्क/प्रतिनिधी कार्यालय खोल्नका लागि आगामी दिनमा प्रकृया अगाडी बढाउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले जानकारी दिएका छन् ।

बैंकले हालसम्म ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.