नेपाल र चीनबीच व्यापार तथा लगानीका लागि व्यापारिक सम्झौता

  २०७४ माघ ८ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाल र चीन बीच व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता भएको छ । आइतबार बेजिङ्ग स्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनीहरु र चिनियाँ उद्यमी, व्यापारीहरु बिच द्धीराष्ट्रिय व्यापार आदान प्रदान गर्ने सम्झौता भएको हो ।

ओबिओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मन्चको अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा नौ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्व एसिया लगानी तथा व्यापार मेलामा सहभागी भएको हो ।कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका अध्यक्षसुरज बैध समेत चीनका ओविओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या कार्यकारी अध्यक्ष जोङ जुझाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त गोष्ठीको दोस्रो दिन नेपाल र चीनको बिज्ञापन व्यवसायलाई परिष्कृत बनाउन दुई देशिय व्यापारिक आदान–प्रदान गर्न एक सम्झौता पत्रमा आनका पूर्व अध्यक्ष निर्मल राज पौडेलले हस्ताक्षर गरेका छन् । साथै, व्यापारिक सहकार्य र संयुक्त लागानीका लागि राजेश बज्राचार्य र चिनिया कम्पनी बिच सम्झौता समेत भएको छ ।

चीनको सरकारी पदाधिकारी, नेपाल, बंगलादेश तथा भितनामका सरकारी पदाधिकारीहरु समेत सहभागिता रहेको थियो । नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष एवं वेलकम गु्रपका अध्यक्ष निर्मल राज पौडेल, कार्यबिनायक ट्रेड समुहका राजेश बज्राचार्य, रज्जु श्रेष्ठ, विपिन तिमिला, राजु डंगोल लगायत उद्यमी व्यवसायीहरुको समेत सहभागिता रहेको छ ।

व्यापारिक मण्डल यहि माघ ४ गते चिन प्रस्थान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.