नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद लिलाम हुदै, बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २६

  २०७४ माघ ८ गते ९:२७     विकासन्युज

काठमाडौं । कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद सेयर लिलाम हुने भएको छ ।

बैंकको ३ लाख ७० हजार २४३ कित्ता हकप्रद लिलाम हुन लागेको हो । आउदो माघ २६ गते हकप्रद लिमामी हुने बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेडले जनाएको छ ।

बैंकले चुक्तापुँजी बढाउन असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री नभएको संस्थापक सेयर लिलाम हुन लागेको हो ।

बोलपत्रका लागि एनआईबीएलको लाजिम्पाट काठमाडौं, ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङामा आवेदन बुझाउन सकिने छ ।

यस्तै बैंकको केन्द्रीय कार्यलय बुटवल तथा सबै शाखा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढीमा पनि आवेदन संकलन केन्द्र रहेको एनआईबीएलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.