एनसेल मेला शनिबार ललितपुरकोे जाउलाखेलमा, बिहान ११ बजेदेखि सुरु

  २०७४ पुष २८ गते १८:२४     विकासन्युज

काठमाडौं । एनसेलले शनिबार (पुष २९) ललितपुरको जाउलाखेल फुटबल मैदानमा “एनसेल मेला २०७४” आयोजना गर्दैछ । विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो ।

गीत(संगीत लगायत सबै उमेर समुहका दर्शकहरुका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई कम्सर्ट सहित साँझ ६ बजे सम्म चल्ने छ । चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आ-आफ्ना प्रस्तुतीहरु मार्फत मनोरञ्जन प्रदान गर्नेछन् ।

मेलाको अरु आकर्षणहरुमा विभिन्न गेम स्टलहरु, किडस् जोन, फोरजीजोन र फुड स्टलहरु पनि रहेनछन् । एनसेल मेलामा स(सानाबालबालिकाहरुको गायन प्रतिभा उर्जागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाकालागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकर्षणहरु रहनेछन् ।

आगन्तुकहरुलाई मनोरञ्जन प्रदानगर्नका लागि मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहनेछन् । प्रवेश निःशुल्क हुने यस मेलामा रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।

“पोखरा र विराटनगरमा भव्य रुपमा मनोरञ्जन प्रदानगर्न सफल एनसेल मेलाले काठमाडौं उपत्यकामा पनि दर्शकहरुलाई आ(आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदानगर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “मेलामा आगन्तुकहरुले कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहद नेटवर्क भएको फोरजी सेवालगायत अन्य सेवा र सुविधाहरुका बारेमा पनिजानकारी लिन सक्नेछन् ।”

यस अघि एनसेलले पोखरामा पुष ८ गते र विराटनगरमा पुष १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट शुरु भएको यो एनसेल मेला २०७४ शनिबार ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.