हिमालयन बैंकको २६.३१ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ८ अर्ब ११ करोड नाघ्यो

  २०७४ पुष २८ गते १६:२२     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडको २६.३१५८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

साभाले पारित गरे बमोजिम कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस र १.३१५८ प्रतिशत नगद लाभांश दिने भएको छ । सो मात्राको बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुगेको कम्पनीका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बताएका छन् ।

बैंकले आ.व. २०७३/७४ अन्त्य सम्म ९२ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन र ७७ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.