प्राइम कमर्सियल बैंकको २७ प्रतिशत बोनस सेयर पारित, संचालकमा गजेन्द्र विष्ट

  २०७४ पुष २८ गते १५:१३     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकको आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १०औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

साथै, सोही सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण समूहबाट संचालकमा निर्वाचित गरेको छ ।

बैंकले विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिंङ सेवाहरु प्रदान गर्दै आएकोे छ । साथै, बैंकले आगामी दिनहरुमा बैंकिङ सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै जाने बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.