पोखरामा ३०० सिसिको मोजो बाइकको बिक्री शुरु

  २०७४ पुष २७ गते १८:२४     विकासन्युज

पोखरा । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारीक विक्रेता एसियन अटो मोबाइलस् माफर्त बिक्री प्रारम्भ गरेको छ ।

यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को अवसर मा पौष २७ गतेका देखि सुभारम्भ गरिएको छ । यस मेला अवधिभर खरिद गर्नुहुने प्रथम केही ग्राहकहरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्रदान गरिने भएको छ । महिन्द्राको मोजोले आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ ।

साहसिक, मजेदार प्रीडेटर स्टाइलिङ्ग सहितका मस्कुलाइन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इन्जिन रहेको छ । इएफआई सिलिन्डर इन्जिन जसले २७ बीएचपीको उच्चतम क्षमता तथा ३०एनएमको टर्ग क्षमता प्रस्तुत गर्दछ । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब पे्रmम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.