सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ ९ देखि ३ करोडको आईपीओ निष्कासन गर्दै

  २०७४ पुष २७ गते १०:२२     विकासन्युज

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) माघ ९ गतेदेखि निष्कासन हुने भएको छ ।

संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हो । यसमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

आईपीओ निष्कासन छिटोमा माघ १२ र ढिलोमा फागनु ८ गते बन्द हुने एसबीआईले जनाएको छ । आईपीओ बाँडफाँडपछि संस्थाको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.