कामना सेवा विकास बैंकले माघ १५ देखि ३० करोड ९४ लाखको हकप्रद सेयर निष्कासन गर्ने

  २०७४ पुष २७ गते १०:०८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले माघ १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बैंकले चुक्तापुँजी बढाउन १० बराबर १.५ अनुपातमा ३० करोड ९४ लाख १५ हजार रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन फागुन २१ गतेदेखि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।
हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.