दुग्ध क्षेत्रबाट दैनिक ३ करोड सहरबाट गाँउ पस्छ

  २०७४ पुष २६ गते १९:३४     विकासन्युज

काठमाडौं । पछिल्लो समय मुलुकका विभिन्न जिल्लाहरु दुधमा आत्मानिर्भर भएका छन् । दैनिक ३ करोड भन्दा बढी रकम सहरबाट गाउँमा जाने गरेकाे एसोशिएसनको अध्यक्ष सुमित केडियाले जनाएका छन् ।

नेपाल डेरी एसोशिएसनको अनुसार अहिले मुलुकमा १५ अर्ब रूपैयाँ भन्दा बढी दुग्ध क्षेत्रमा उद्योग स्तरको लगानी रहेको छ । उनका अनुसार मुलुकको ‘एजीडीपी’मा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत छ । ४ लाख ५० हजार कृषक परिवार दुग्ध क्षेत्रको रोजगारीमा आवद्घ छन् । २० हजारभन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाइरहेको छ ।
एसोशिएसनले १९ औं वार्षिक साधारण सभा एवम ७ औं राष्ट्रिय महाधिवेशनको पूर्वसध्यामा गरेको कार्यक्रममा अझै पनि मुलुकमा दुग्ध क्षेत्रको विकासको लागि विभिन्न नीतिगत सुधार हुन पर्ने औल्याएको छ ।

एसोशिएसनको अनुसार समय सापेक्ष मुल्य समायोजन गरिनु पर्ने, लागत खर्च र कच्चा दुधको गुणस्तरमा थप सुधार गरिनु पर्ने, कुशल उत्पादन प्रणाली, प्रशोधन प्रणाली जस्ता सिद्घान्तहरुलाई किसान र उद्योग तहमा व्यापकता दिनुपर्ने लगायत छन् ।

मुलुकमा हाल ४८ लाख ५० हजार लिटर दुध उत्पादन हुन्छ । जसमध्ये औपचारिक रुपमा १५ प्रतिशत आर्थात ७ लाख २७ हजार ५ सय लिटर दुध उपलब्ध छ । त्यस्तै अनौपचारिक क्षेत्रबाट ३५ प्रतिशत आर्थात १६ लाख ९७ हजार ५ सय लिटर दुध उपलब्ध छ छ । कृषक स्वयमले ५० प्रतिशत अर्थात २४ लाख २५ हजार दुध उपभोग गर्दै आइरहेको एसोशिएसनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.