मेगा बैंकले ९.४५ प्रतिशत बोनस सेयर दिने

  २०७४ पुष २६ गते १२:४८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले ९.४५ प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २५ गते बसेको बैंक सञ्चालक समितिले गत आवको नाफाबाट लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो ।

बैंकले गत आवमा ७९ करोड १४ लाख नाफा कमाएको थियो । बैंकले ६९ करोड ७१ लाख २ हजार १ सय ६८ रुपैंयाँ बराबरको बोनस सेयर दिने भएको हो ।
हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड ६७ लाख रुपैंयाँ रहेको छ ।

बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.