गाडी बिक्रेताको लुटः एउटै गाडीबाट २ लाख ठगेपछि अघि बढ्यो अरुण र अग्निमाथि छानविन

  २०७४ पुष २५ गते १०:३७     पृथराज थेगिम

काठमाडौं । विभिन्न ब्राण्डका गाडी बिक्री गर्दै आएका बिक्रेताहरुले एउटै सवारी साधनमा २ लाख भन्दा बढिसम्म ठगी गरिहेको तथ्य सार्वजनिक भएको छ । सवारी साधन आयात गर्ने आधिकारीक बिक्रेताहरुले नाफा बाहेक नै उपभोक्तासँग २ लाखसम्म अतिरिक्त शुल्क असुलि गरिरहेको तथ्य उजागर भएको हो ।

नेपालका लागि मारुती कारको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल टेडर्सले एउटै सवारी साधनमा बिक्रीमा खरिदकर्ताबाट विभिन्न शिर्षकमा २ लाख रुपैयाँ भन्दाबढी असुली गरेको पाइएको छ । महिन्द्रा स्कोर्पियाको आधिकारीक बिक्रेता अग्नी इन्कपोरेटेडले पनि विभिन्न शिर्षक राखेर ग्राहक अनुचित असुली गरेको सरकारी अधिधारीहरूकाे भनार्इ छ ।

ग्राहकहरुको उजुरीको आधारमा आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केही हप्ताअघि गरेको अनुगमन गर्दा गाडी बिक्रेताहरुले व्यापक ठगी गरिरहेको तथ्या फेला परेको हो । विभागले अनुसन्धानका लागि मारुतीको फाइल महानगरिय प्रहरी परिसर ललितपुर र स्कोर्पियाको फाइल महानगरिय प्रहरी परिसर टेकुमा बुझाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।

कुन कुन शिर्षकमा ठगिए उपभोक्ता ?
ती कम्पनीहरुले प्रत्येक प्रत्येक गाडीको बिक्रीमा विज्ञापन गरेवापत, प्रशासनिक खर्च, तलब खर्च जोडेको उनको भनाइ छ । ‘कम्पनीहरुले आफैले बेहोर्न पर्ने विज्ञापन, प्रशासनिक खर्च, तलब खर्च अनावश्यक रुपमा जोडेको छ । त्यसबाहेक अरुण इन्टर कन्टिनेन्टलले गाडी राखेको भाडा, पेट्रोल, मोबिल, एसेसेरिज लगायत विभिन्न शिर्षक तथा उपशिर्षकहरुबाट ग्राहकलाई अतिरिक्त रकमको भार थपेर गाडी बिक्री गर्ने गरेकाे भेटियो,’ उनले भने ।

विभागको अनुसार मारुती गाडीको बिक्रेता अरुणले ८ सय सीसीको मारुती अल्ट्रो ‘एसटीडी’मा २ लाख रुपैयाँ बढी अतिरिक्त भार ग्राहकलाई थोपारिदिएको छ । उक्त गाडीमा मूल्य अभिवृद्धि कर (भ्याट) भन्सार, विभिन्न कर, बीमा, नाफा जस्ता कम्पनीले लिने सबै रकम कटाएर पनि प्रत्येक गाडीमा विभिन्न शिर्षक उपशिर्षकमा रकम असुल्ने गरेको छ ।

जसमा विज्ञापन शुल्क ९६ हजार, प्रशासकीय खर्च र तलव ३६ हजार, ब्याज २७ हजार ५ सय, होल्डीङ कस्ट २० हजार रुपैयाँ लिने गरिएको छ । त्यस्तै एसेसरिज ८ हजार ५ सय, पेट्रोल र मोबिलमा ६ हजार ९ सय, गाडी पोलिसीङमा २ हजार ५ सय, हिटर फिटिङको ११ हजार, भेइकलको लागि पेट्रोल डेलिभरको लागि ६ सय रुपैयाँ लिने गरेकोे छ ।

कम्पनीको अनुसार ती सबै जोडेर मारुती अल्ट्राको बजार मूल्य करिव १५ लाख रुपैयाँ हुन आउछ । ‘ती अतिरिक्त खर्चहरुलाई कटाउने हो भने गाडीको मूल्य डेढ दुई लाख रुपैयाँ घट्न आउन सक्छ,’ विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठले भने । उनका अनुसार त्यसरी नै महिन्द्रा गाडीको आधिकारीक बिक्रेता अग्निको स्कार्पीयाे गाडीमा पनि त्यस्तै कम्पनीले प्रशासनिक खर्च, तलव, विज्ञापन खर्च लगायत रकमहरु गाडी बिक्री गर्ने क्रममा जोडेर ग्राहकबाट लिने गरेको छ ।

उनले ती दुई कम्पनीहरु अरुण र अग्नि इन्कर्पोरेटेडको फाइल ठगी गरेको आशंकामा प्रशासनमा बुझाएको बताए । पछिल्लो समय अनुगमन गरिएको टोयोटा गाडीको बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटको फाइल विभागमा नै अध्ययन भइरहेको जनाए । महिना दिनयता उजुरीको आधारमा ठूला गाडी बिक्रेता कम्पनीलाई अनुगमन गर्ने क्रम तिब्ररुपमा अघि बढाइएको विभागका निर्देशक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.