कन्काई विकास बैंकको साधारणसभा माघ १६ मा, बोनस सेयर वितरण गर्ने

  २०७४ पुष २४ गते ९:३०     विकासन्युज

 

काठमाडौं । कन्काई विकास बैंकको ११ औं साधारणसभा माघ १६ गते हुने भएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बैं

कको चुक्तापुँजी वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव सभाले अनुमोदन गर्नेछ । सञ्चालक समितिको संख्या घटाई ७ जना मात्र हुन व्यवस्था सभामा पेश हुनेछ ।

बैंकलाई अन्य संस्थामा गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धित काम अघि बढाउनका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.